जाजरकोटमा ट्याक्टरले किचेर एक जनाको मृत्यु

सुर्खेत । जाजरकोटमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटको कुशे गाउँपालिका–५ दम्दलाका ६० बर्षीय खड्क थापा रहेका छन् ।

उनी प्यारालाईसिसका बिरामी रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । उनलाई सदरमुकाम खलंगाबाट दम्दला तर्फ जाँदै गरेको भे.२.त.३०९ न.को ट्याक्टरले किचेको थियो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार मृतक थापा चालक सँगैको सिटमा बसिरहेका थिए । उनी एक्कासी खसेको र सोही ट्याक्टरको ट्रालीको बाँया तर्फको टायरले च्यापिएर मृत्यु भएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।

ट्याक्टर चालक ३१ वर्षीय जीतबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।