सुर्खेत । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेसले प्रस्ताव गरेको उम्मेदवार राष्ट्रपति बन्ने बताएका छन्। आइतबार सुर्खेतमा दलका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले चुनावका बेला भएको दलीय गठबन्धनका आधारमा काँग्रेसबाट राष्ट्रपति बन्ने दावी गरे।
उनले यसअघि सरकार बनाउँदा काँग्रेसको कमजोरी कारण नेतृत्व गुमेपनि पुरानै दलीय सहमतिमा राष्ट्रपति बन्ने बताएका हुन्। ‘सरकारको नेतृत्व गुमेकोमा अहिले कसैलाई दोष दिनु छैन, २५ गते राष्ट्रपतिका लागि निर्वाचनपछि काँग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भएको समाचार तपाईहरुले सुन्नुहुनेछ।’
उनले केही सामान्य घटनाले एमालेसँग माओवादीले गठबन्धन गरी सरकार बनाए पनि चुनावका बेला गरिएको काँग्रेससँगको गठबन्धनका आधारमा माओवादीले काँग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने बताए।
उनले काँग्रेस चुनावबाट सबैभन्दा ठूलो दल बनेर गएपनि सत्ता हातमा नभएपछि कार्यकर्तामा निराशा पैदा भएकोे बताए। ‘चुनावबाट सबैभन्दा ठूलो दल बनेर जाने हातमा केही पनि नहुने, केन्द्रमा त भएन प्रदेशमा त हुनुपर्ने भन्ने कतिपयलाई लागेको छ,’ महामन्त्री शर्माले भने, ‘एक हिसाबले हामीबाट सत्ता गुमेको हो, तर अबको राष्ट्रपति काँग्रेसको बन्छ।’यस्तै, उनले सबैभन्दा ठुलो दल भएर जितेर जाने हातमा केही छैन् ।
ए.के. सञ्चार । ७ फाल्गुन २०७९, आईतवार २०:२५