वडा अध्यक्षको कार्याकक्ष जलाउँने व्याक्तीलाई कारवाहीको माग

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१ का वडा अध्यक्ष गंगाराम सुनारको कार्याकक्ष जलाउँने व्याक्तीलाई हदै सम्मको कारवाहीको माग गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाले बिहिबार एक प्रेस विज्ञप्ती जारी गँदै उक्त व्याक्तीलाई हदै सम्मको कारवाहीको माग गरेको हो ।

नगरपालिकाले जनताको प्रत्यक्ष सम्बन्धित कार्यालयका आयो लागाउँने र जनप्रतिनिधि तथा कर्मचारीको मनोबल गिराउँने गरी निन्दनीय कार्या भएको भन्दै घोर भत्र्सना समेत गरेको छ ।

बुधबार बिहान १० बजेपछि वडा अध्यक्ष गंगाराम सुनारको कार्याकक्षमा एक स्थानीय युवाले समयमै कार्यालय नआएको भन्दैँ पेट्रोल छर्केर आगजनी गरेका थिए । आगजनी पछि उक्त युवक फरार रहेको र प्रहरीले खोजीकार्य जारी राखेको जनाएको छ ।