आज १५ औं गणतन्त्र दिवस, प्रदेश प्रमुख परियार र मुख्यमन्त्री शाहीद्वारा शुभकामना व्यक्त

सुर्खेत । १५ औं गणतन्त्र दिवसका अवसरका अवसरमा कर्णालीका प्रदेशमा प्रदेश प्रमुख तिलक परियार र मुख्यमन्त्री जीवन बहादुर शाहीले शुभकामना सन्देश जारी गरेका छन् । प्रदेश प्रमुख तिलक परियारले संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाद्वारा राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वधीनता अझ सुदृढ गर्दै संविधानले परिकल्पना गरेको समाजवदा उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न उर्जा मिलोस् भन्ने कामना गरेका छन् ।

जनताको चुल्होको सरकार अर्थात स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले आफ्नो कार्यभार सम्हाल्नु संविधान कार्यान्वयनको ठूलो उपलब्धी भएको कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको भनाई छ । संविधानको संरक्षण र संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकास गरेर मुलुकलाइ आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्नका लागि गणतन्त्र दिवसले प्रेरणा मिलोस् भन्ने कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले विश्वास व्यक्त गरेका छन् ।

विसं २०६५ जेठ १५ गते संविधान सभाबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय भएको थियो ।सोही दिनको स्मृतिमा प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको रूपमा मनाइँदै आइएको छ ।