शासन व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन भएनः मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा खेलकुद क्षेत्रका विकासका लागि सबैको अपनत्व हुनेगरी नीति निर्माण र कार्यान्वयन गर्नु पर्ने बताएका छन् ।

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएकोले यसको पूर्वतयारीका लागि आवश्यक कामकारबाहीमा लागि परेको जानकारी दिए ।

आइतबार नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री शर्माले आगामी योजना निर्माणका क्रममा खेलकुद र क्रिकेट क्षेत्रका लागि प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे । उनले, ‘शासन व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नभएको बताए ।’

नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक साधारणसभा पहिलो पटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरिएको हो । साधारणसभामा सात प्रदेश, ४५ जिल्लाका गरी करिब एक सय जना प्रतिनिधिको सहभागिता रहेको क्यान कर्णाली प्रदेश संयोजक पदम खड्काले जानकारी दिए । उनका अनुसार क्यानमा कर्णालीका चार जिल्ला समावेश छन् ।

साधारण सभाको बन्दसत्र मार्फत वार्षिक कार्ययोजना प्रस्तुत, नीति निर्माण र समीक्षा गरी आगामी कदमका बारेमा निर्णय लिइने अध्यक्ष चन्दले दिए ।