तीन दिनदेखि वेपत्ता बालककाे खोजि गरिदिन परिवारको आग्रह

सुर्खेत । वीरेन्द्रनगरबाट एक बालक तीन दिनदेखि सम्पर्कविहिन भएपछि खोजि कार्य गरिदिन परिवारले आग्रह गरेका छन् ।

दूल्लु नगरपालिका-५, हाल वीरेन्द्रनगर-१, धारापानी, फुलवारी टोलमा बस्दै आएका १४ वर्षिया बालक पारस पोख्रेल सम्पर्क विहिन भएपछि खोजि कार्य गरिदन अनुरोध गरिएको हो । बुधवार विहान करिव १२ बजेको समयमा विद्यालयमा नाम लेखाउन जान्छु भनि निस्किएका बालक सम्पर्क विहिन भएका हुन् । यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतले बालको खोजि कार्य जारी रहेको र हालसम्म उनको अवस्था पत्ता नलागेको जनाएको छ ।

बालककी आमा विरामी छन् भने उनका बुबा तेजप्रसाद पोख्रेल भारतको मुम्बईमा मजदुरी गर्दै आएका छन् । हराएका बालकलाई कोही कसैले फेला पारेको खण्डमा नजिककाे प्रहरी कार्यालय वा सम्पर्क नम्बरहरु ९८५८०५४१६२ र ९८६८९८२४३४ मा सम्पर्क गरिदिन परिवारको आग्रह छ ।