भारतीय कम्पनीलाई फुकोट-कर्णाली आयोजना दिने सहमति

सुर्खेत। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा फुकोट कर्णाली जलविद्युत् आयोजनाको बहुमत सेयर भारतीय कम्पनीलाई दिनेगरी समझदारी हुने भएको छ ।

नेपाल र भारतबीच ७ बुँदे सम्झौतामा हस्ताक्षर भएको हाे । उक्त सम्झौता फुकोट कर्णाली ४८० मेगावट जलविद्युत आयोजना निर्माणको जिम्मा भारतलाई दिने जनाएकाे छ ।

बुधबारदेखि चार दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच नयाँ दिल्लीमा सात बुँदे सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त हस्ताक्षरमा नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन, तल्लो अरुण हाइड्रोपावर प्रोजेक्ट, फुकोट कर्णाली हाइड्रोपावर प्रोजेक्ट, क्रस बोर्डर पेमेन्ट समझदारी, सिलीगुडी-झापा पेट्रोलियम पाइपलाइन निर्माण गर्ने विषयको समेटिएको छ ।