आज विश्व आदिवासी दिवस,केही स्थानमा सार्वजनिक बिदा

काठमाडौं । आज विश्व आदिवासी दिवस हो। हरेक वर्ष अगस्ट महिनाको ९ तारिखमा यो दिवस मनाइन्छ । संयुक्त राष्ट्र सङ्घले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको छ ।

यस वर्षको नारा आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका तय गरिएको छ । दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम भईरहेका छन् । आज नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष कार्यक्रम हुँदैछ ।

‘आदि’ भनेको धेरै पुरानो अथवा ऐतिहासिक समयदेखि भन्ने बुझाउँछ । कुनै पनि ठाउँमा धेरै पुरानो समयदेखि बसोबास गरिरहेका र त्यस भूमिको माटोलाई खनिखोस्री गरेर आफ्नो पुस्ता धानिरहेका, आफ्नै विशिष्ट कलाकौशल र हस्तकला लगायत थुप्रै मौलिक पहिचान भएका समूदायलाई आदिवासी भनिन्छ । मानव सभ्यताको विकाससँगै बसाई–सराइको क्रम शुरु भएपछि क्रमशः आप्रवासीहरुको घनत्व बढ्न गई उनीहरुको पहिचान, अस्तित्व, फरक गुण अनि रितीरिवाजमा कमी आउन थालेको छ ।