सुर्खेत । वीरेन्द्रनगरमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा कर्णाली प्रदेशकाे टिमले भलिबल प्रतियोगितामा बिजय हासिल गरे कर्णाली प्रदेश खेलकुद परिषदले २ लाख रुपैयाँ दिने घाेषणा गरेकाे छ ।
नेपाल भलिबल संघको आयोजनामा भएको भलिबल प्रतियोगितामा सहभागि हुने कर्णाली प्रदेशका खेलाडीहरुलाई कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री एवं कर्णाली प्रदेश खेलकुद विकास परिषदका अध्यक्ष खड्गबहादुर पोखरेलले प्रतियोगितामा बिजय हासिल गरे २ लाख दिने घाेषणा गरेका हुन् ।
कर्णाली प्रदेश घरेलुु टिमलाई सामाजिक मन्त्री खड्कबहादुर पाेखरेल, कर्णाली प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद हमाल र सदस्य सचिव बिश्वामित्र संज्यालले शुक्रबार खेलाडीलाई बिदाई गर्दै यस्तो घाेषणा गरेका हुन् ।
साथै शुक्रबार (आज) कर्णाली प्रदेश र नेपाल आर्मी बीच प्रतिस्पर्धा हुनेछ । भलिबल प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागीता रहेकाे छ । प्रतियोगिता २६ गतेसम्म सञ्चालन हुने छ ।
ए.के. सञ्चार । २० पुष २०८०, शुक्रबार १६:५१