मुगुमा कार्यरत प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत सम्मानित

मुगु। कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा कार्यरत प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत सम्मानित भएका छन् ।

शनिबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नोे तेस्रो वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा महतलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सम्मान गरेका हुन् ।

कम्पनीको शाखा कार्यालय मुगुको स्वामित्वमा रहेको जग्गा संरक्षणमा प्रजिअ महतले उल्लेखनीय भूमिका निर्वाह गरेको जनाइएको छ ।