
सुर्खेत । हिमाली जिल्ला मुगुमा हवाई सेवा अवरुद्ध भएको छ । शनिबार बिहानैदेखि वर्षा तथा हिमपात भइरहेकाले हवाई सेवा अवरुद्ध भएको हो ।
वर्षा र हिमपात हुँदा नेपालगन्जबाट आउने हवाई सेवा अबरुद्ध भएको जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी हरि बहादुर खत्रीले जानकारी दिए ।
शनिबार देखि वर्षा भएका कारण नेपालगंजबाट तारा, समिट र सिता एयरका जहाजले उडान नभएको खत्रीले बताए ।

हवाई सेवा अवरुद्ध हुँदा गमगढी बाट नेपालगञ्ज र सुर्खेत जाने यात्रुहरु पनि रोकिएका छन्।

प्रकाशित मिति : २०८० फागुन २० गते आइतबार