मुगु । मुगुमा एउटा वडाको मात्रै मतगणना गर्न १२ घण्टाको समय लागेको छ । छायाँनाथ रारा नगरपालिका वडा नं १४ बामको मतगणना गर्न १२ घण्टा लागेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुले शुक्रबार राति ११:३० बजेको समयमा मतगणना सुरु गर्ने भने पनि राति २ बजेबाट मतगणना सुरु गरिएको थियो ।
![](https://aksanchar.com/wp-content/uploads/2024/03/surkhet-daigonestic.gif)
तर, १२ घण्टा बितिसक्दा पनि १४ वडाको मतगणना सम्पन्न हुन सकेको छैन । राति २ बजे बाट सुरु भएको मतगणना हालसम्म ५९९ मत मात्र गणना भएको छ भने अझै २६८ मतगणना गर्न बाँकी छ ।
ए.के. सञ्चार । ३१ बैशाख २०७९, शनिबार १४:३४