सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले जाजरकोट भूकम्पलाई अवसरका रुपमा उपयोग गरेर जानुपर्ने बताएका छन् ।
बुधबार भुकम्प प्रतिरोधी भवन तथा संरचना निर्माण सम्वन्धी त्रिपक्षिय हस्ताक्षर कार्यक्रमलाई सम्वोधन गर्दे मुख्यमन्त्री शर्माले भुकम्पले दिएको शिक्षालाई व्यवहारमा लागु गरेर लैजानु पर्ने बताएका हुन् ।
गोरखा बारपाकको भूकम्पवाट शिक्षा लिन सकेको भए अहिलेको जस्तो क्षति ब्यहोर्नु पदैन्थ्यो मुख्यमन्त्री शर्माले भने,` भूकम्प पश्चात खोज उद्धार र राहतमा सरकारले लिएको पहलकदमी उल्लेख्य भएपनि पुर्न निर्माणमा ढिलाई भएको छ । विपदमा
लिइएको खोज उद्धार र राहतको काम प्रभावकारी भएपनि संघले बनाउने कार्यवीधि लगायतको कार्यमा ढिला हुँदा पुर्ननिर्माणमा समस्या भएको छ ।`
तिनै तहका सरकारकावीच आपसी सहकार्य र जनसमुदायको सकृय सहभागिताले आगामी दिनमा आउन सक्ने विपद्लाई सामना गर्न सकिन्छ शर्माकाे भनाइ छ ।
एक्ला एक्लै हिडेर होईन आपसी सहकार्य गरेर पुर्ननिर्माण गर्न सकिने मुख्यमन्त्री शर्माले बताए । वातावरण अनुकुल भौतिक संरचना, आवश्यक नीति बिधि पालना गरेर विपदबाट हुने क्षति न्यूनिकरण गर्न सकिने उनले दाबी गरे ।
समुदायमै ज्ञान सीप र प्रविधी सहितको दक्ष जनशक्ति तयार उनले आग्रह गरे ।
साथै, भुकम्प प्रभावित जिल्लामा भूकम्प प्रतिरोधी भवन तथा संरचना निर्माण सम्वन्धी तालिम सञ्चालन गर्न सम्झौता भएको छ । भूकम्प प्रभावित जिल्ला जाजरकोट छेडागाड नगरपालिका, बारेकोट गाउँपालिका, रुकुम पश्चिम चौरजहारी नगरपालिका,त्रिवेणी गाउँपालिका र सल्यान दार्मा गाउँपालिका गरी ५ स्थानीय तहमा भूकम्प प्रतिरोधी भवन तथा संरचना निर्माणका लागि जनप्रतिनीधि, कर्मचारी र डकर्मीका लागि तालिम सञ्चालन गर्न संझौता भएको हाे ।
भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान र कार्यक्रम सञ्चालन गरिने स्थानीय तहले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
छेडागाड नगरपालिका ,चौरजहारी नगरपालिका, बारेकोट गाउँपालिका, त्रिवेणी गाउँपालिका र दार्मा गाउँपालिकाबाट प्रत्येक स्थानीय तहबाट १२ जनाका दरले डकर्मीको लागि कार्यगत तालिम सञ्चालन गर्न लागिएको कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानका निर्देशक विष्णु प्रसाद कोईरालले जानकारी दिए ।
उनका अनुसार प्रभावित जिल्ला जाजरकोट, रुकुम पश्चिम, र सल्यानका सवै स्थानीय तहका जनप्रतिनीधिको सहभागितामा ३ दिने तालिम र भूकम्प प्रतिरोधी भवन निर्माणको डकर्मीलाई कार्यगत तालिम दिईने छ । डकर्मीलाई दिईने तालिम २० दिनको हुनेछ ।
भवन पुर्न निर्माणकाकाे प्रक्रिया भूकम्प प्रतिराेधी डिजाईनका सिद्धान्त र भूकम्प प्रतिरोधी अभ्यासको क्षमता विकास सम्वन्धी सीप जनप्रतिनीधिलाई दिईने छ ।
कार्यक्रम सन्चालनको लागि १ करोड ४६ लाख वरावरको रकम खर्च हुने भएको छ। तालिमवाट ६० जना दक्ष डकर्मी तयार गरिने छ । भूकम्प प्रतिरोधी भवन निर्माण संहिता निर्माणमा समेत कार्यक्रमवाट सहयोग मिल्ने भूकम्प प्रविधी र राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सुर्यनारायण श्रेष्ठले जानकारी दिए ।
ए.के. सञ्चार । २३ फाल्गुन २०८०, बुधबार २२:१९