जुम्लाकाे तातोपानी गाउँपालिकामा एकल पुरुषलाई वार्षिक भत्ता

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले यस आर्थिक वर्षबाट एकल पुरुषलाई वार्षिक भत्ता दिने निर्णय गरेको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा एकल पुरुषललाई पनि भत्ता दिने भएको हो ।

गाउँपालिका भित्रका रहेका आर्थिक अवस्था कमजोर भएका, बेसाहारा र कुनै व्यवसाय नभएका एकल पुरुषको जीविकोपार्जन सहज बनाउन भत्ता कार्यक्रम लागू तातोपानी गाउँपालिका जुम्लाका अध्यक्ष नन्द प्रसाद चौलागाईले जानकारी दिए ।

उनका अनुसार पालिकामा रहेकाे ५० वर्षदेखि ६० वर्षसम्मका एकल पुरुषलाई वार्षिक ४ हजारका दरले भत्ता दिने कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरेको अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए ।

कर्णालीमा याे नयाँ कार्यक्रम हाे उनले भने,` याे कार्यक्रम कस्तो हुन्छ कतिकाे प्रभावकारी हुन्छ भन्नेमा छाैं । याे कार्यक्रमाई हाम्रो कार्यकालमा निरन्तरता दिनेछौं । त्यसपछि पनि कार्यक्रमले निरन्तरता पाउनेछ भन्ने आशा छ ।`

उक्त कार्यक्रमका लागि दुई लाख बजेट विनियोजन गरिएको उनको भनाइ छ ।

साथै, किसानलाई व्यावसायिक पशु पालनतर्फ आकर्षित १ सय भन्दा बढी भेडा बाख्रा पालन गर्ने पशु पालक कृषकलाई मासिक ५ सय गोठालो भत्ता दिनकाे लागि ४ लाख बजेट विनियोजन गरिएको अध्यक्ष चाैलागाईले जानकारी दिए ।