नवौं राष्ट्रिय खेलकुद : दुर्गाले दिलाए कर्णालीलाई पहिलो स्वर्ण

पाेखरा । पाेखरामा जारी नवाैं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्टिबल चेस ३ हजार मिटरमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्णपदक जितेका छन् । दुर्गाले जितेकाे स्वर्ण नवाैँ राष्ट्रियमा कर्णालीकाे पहिलाे हाे ।

बुढाले ८ मिनेट ५५ः१९ सेकेण्ड टाइमिङसहित स्वर्ण जितेका हुन् । एपीएफका अजित यादवले ९ मिनेट २१ः१० सेकेण्डसहित रजत र त्रिभुवन आर्मी क्लबका सुबास कार्कीले ९ मिनेट २२ः१५ सेकेण्डसहित कास्य जिते ।

बुढाले विजेता बनेपछि प्रतिक्रिया दिंदै स्वर्ण पदक जित्छु भन्नेमा पहिल्यै विश्वस्त रहेको बताए । उनलाई स्वर्ण जित्छु भन्ने पहिलै थाहा भएको बताए ।