केही दुष्ट र स्वार्थीहरूले एमालेलाई ध्वस्त बनाउने प्रयास गरे –अध्यक्ष ओली

काठमाडौं । केही दुष्ट र स्वार्थीहरूले नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने प्रयास गरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाई छ । आज (मंगलबार ) मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले झण्डै दुई तिहाइ बहुमतको कम्युनिस्ट पार्टीलाई माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’हरुले फुटाएर ध्वस्त पार्ने प्रयास भएको उल्लेख गरेका छन् ।

अध्यक्ष ओलीले मनमोहन अधिकारीले नेतृत्व गरेको पार्टीलाई आफुहरुले झण्डै दुई तिहाइको अवस्थामा पुर्‍याएको भए पनि केही दुष्ट र स्वार्थीहरूले ध्वस्त बनाउने प्रयास गरेको आरोप लगाए छन् ।  दुष्ट र स्वार्थीहरूले पार्टीलाई क्षति पुर्‍याएको उनको भनाई छ । विगतमा पुष्पलाल र मनमोहनलाई पनि यस्तै षड्यन्त्रपूर्ण ढङ्गले हटाइएको प्रसङ्ग निकाल्दै रायमाझी पथमा माधव प्रचण्ड लागेको दुष्ट र स्वार्थीहरूले बताएका छन् ।