घट्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । मंगलबार सुन ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि १५ रुपैयाँले कम भएको छ । अघिल्लो दिन १ हजार १४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य प्रतितोला १ हजार १३० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।