प्रचण्डको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो छ: महासचिव पोखरेल

सुर्खेत । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको बताएका छन् ।

बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पाेखरेलले प्रतिपक्ष दलको नेताले श्रीलङ्का र बङ्गलादेशको उदाहरण दिन नहुने बताए ।

संसदीय मूल्यमान्यतालाई आत्मसात गर्नुपर्दछ उनले भने,` लोकतान्त्रिक माथि भराेसा गर्नु पर्दछ । लाेकतन्त्रमा सरकार परिवर्तन भनेकाे विधि र प्रक्रियाबाट हुन्छ। प्रतिपक्षी दलकाे नेता प्रचण्डले दिने अभिव्यक्ति कुनै पनि हालतमा लाेकतन्त्र हुन् सक्दैन ।`

महासचिव पोखरेलले अहिले पनि देशकै पहिलो पार्टी एमाले भएको जिकिर गरे । अझै ०८४ मा एमाले मुलुककै बलियो शक्तिका रूपमा स्थापित हुने उनको भनाइ छ ।

अझै एमालेलाई बलियो र राष्ट्रिय शक्ति बनाउन लागिरहेको बताए । लोकतन्त्रलाई सुदृढ गर्न निकै आवश्यक हरेकाे उनकाे भनाइ छ ।

महासचिव पोखरेलले एमाले–कांग्रेसको सरकार बनेपछि राजश्व वृद्ध हुनुका साथै व्यवसायमा राम्रो हुँदै गएको दाबी गरे ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र प्रधानमन्त्री ओलीबिच भएको टकराबलाई बालेनले प्रधानमन्त्रीसँग उक्त विषय जोड्न आवश्यक नभएको जानकारी दिएका छन् ।

बालेनले लगाएको आरोपबारे सम्बन्धित निकायले पुष्टि गर्छ उनले भने,`यसकाे बिषयमा खासै बोल्न आवश्यक छैन् ।

एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहबारे एक महिलाले लगाएको आरोपबारे त्यो कथा बुनिएको जानकारी दिए । उक्त महिलाले आफूलाई भेटेर मैले त्यसो भनेको हैन भनेर भनेको महासचिव पाेखरेलले भने,`त्यो कथा बनाउन जरुरी छैन ।’

उनले नेपालको मौलिक संस्कृतिमाथि अतिक्रमण गर्ने काम भइरहेको जनाए ।

साथै, पोखरेलले युवाहरूमा निकै निराशावाद पलाएको बताए । ती युवालाई तत्कालै राज्यले रोजगारी दिने अवस्था नरहेको जानकारी दिए । तर त्यसका लागि सरकारले काम भनाइ राखे । देश बनाउनका लागि विदेश हाेइन देशमा बस्नुपर्छ उनले भने,` देश बनाउनु सबैकाे जिम्मेवारी हाे । राजनीतिज्ञकाे मात्रै हाेइन ।`