प्रदीप गिरिको अन्तिम बिदाइ गर्न नेताहरु सानेपामा

  ।   ५ भाद्र २०७९, आईतवार १३:१४

काठमाडौं ।कांग्रेसका दिवगंत नेता प्रदीप गिरिको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्न्द्रीय कार्यालय सानेपामा राखिएको छ । शनिबार राति निधन भएका गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्न पार्टी कार्यालयमा उनको पार्थीव शरीर राखिएको हो । आइतबार दिउँसो २ बजेसम्म पार्टी कार्यालयमा पार्थीव शरीर राखिने र त्यसपछि पशुपतिआर्यघाटका लागि शवयात्रा सुरु गरिने कांग्रेसले जनाएको छ ।

सानेपामा पुगेर कांग्रेससहित सबै राजनीतिक दलका शीर्षनेता सानेपा पुगेर गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । यसअघि मेडिसिटी अस्पातल पुगेर पनि नेताहरुले गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले पार्थीव शरीरमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

साथै नेताहरु रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, सीतादेवी यादव, वामदेव गौतम, डा प्रकाशशरण महत, देव गुरुङले पनि पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली दिएका छन् ।अन्तिम श्रद्धाञ्जलीका लागि अहिले गिरिको पार्थीव शरीर सानेपामै राखिएको छ र नेता तथा शुभचिन्तकहरु जाने क्रम चलिरहेको छ ।

Next Post

सुर्खेत लगायत विभिन्न स्थानमा ६ जना मृत फेला

५ भाद्र २०७९, आईतवार १३:१४
सुर्खेत। दाङ, सर्लाही, गोरखा, बागलुङ, सप्तरी र सुर्खेतमा ६ जना मृत अवस्थामा फेला परेका छन् । सुर्खेतको लेकबेशी नगरपालिका–४ जंबुघारी जंगल नजिक भेरी नदीको किनारमा हाल पहिचान नखुलेका करिब ३५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् । दाङको तलसीपुर उपमहानगरपालिका–४ खाद्रे बस्ने ४५ वर्षीय प्रेम बहादुर बुढा सोही […]