सुर्खेतमा सुत्केरीको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त

सुर्खेत । सुर्खेतस्थित प्रदेश अस्पतालमा एक जना सुत्केरी महिलाको मृत्यु भएपछि तनावग्रस्त बनेको छ ।

अस्पतालको आइसियुमा वीरेन्द्रनगर नगरपालिका–६, की १९ वर्षीय शर्मिला कुमालको गए राती मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो ।

आइतबार सुत्केरी व्यथा लागेपछि सामान्य अवस्थामै अस्पतालमा भर्ना गरिएको आफन्तका भनाइ छ । चिकित्सककाे लापरवाहीले मृत्यु भएको आफन्तले आराेप लगाएका छन्।

शर्मिला सुत्केरी बेथा लागेर अस्पताल भर्ना भएकी उनकाे रक्तस्राव भएको र आइसियुमा राखेर उपचार गर्दै गर्दा गए राति मृत्यु भएको प्रदेश अस्पतालले जनाएको छ ।

आफन्तहरूले अस्पताल परिसरमा दाेषी चिकित्सकलाई कारवाही गर्नु पर्ने माग राख्दै प्रदर्शन गरिरहेका छन् ।

आफन्तले आन्दोलन गरेपछि अस्पतालमा प्रहरी तैनाथ गरिएको छ ।