वीरेन्द्रनगरले चिङ्गाडलाई ३-२ गाेलले हरायो

सुर्खेत । वीरेन्द्रनगरमा जारी काँक्रेविहार गाेल्डकपमा वीरेन्द्रनगरले चिङ्गाडलाई ३-२ गाेलले हराएकाे छ ।

चिङ्गाडलाई हराउँदै वीरेन्द्रनगर फाईनल प्रवेश गरेकाे छ । आज वीरेन्द्रनगर रंगशालामा भएको अन्तिम सेमिफाइनल खेलमा चिङ्गाड र वीरेन्द्रनगबीच खेल भएको थियो ।

वीरेन्द्रनगर नगरपालिकाका खेलाडि सुदिन विकले २८ मिनेटमा, राेसन रिजालले २८ मिनेटमा भुपेन्द्र शाहिले खेलकाे ७० आै मिनेटमा गाेल गरेका थिए । त्यस्तै चिङ्गाड गाउँपालिकाका खेलाडी ३ मिनेटमा १ गाेल गरेका थिए भने, यस्तै खेलकाे ६३ आैमिनेटमा बिक्रम वललिले १ गाेल गरेका थिए ।

अन्तिम फाईनल खेल भाेली हुनेछ । खेलमा वीरेन्द्रनगरले पञ्चपुरीसँग उपाधीका लागि प्रतिस्पर्धा गर्नेछ ।