सुर्खेत । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल जिल्ला समिति सुर्खेतको चौथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले कर्ण बहादुर आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
सर्वसम्मति चयन भएका पदाधिकारीहरूमा उपाध्यक्ष पदम बार्हघरे र महिला उपाध्यक्ष अर्चना न्यौपाने चयन भएका छन्। यस्तै, सचिव नवराज शर्मा, कोषाध्यक्ष शुसिला शाही, उप-सचिव रेमकली नेपाली निर्वाचित भएका छन्।

त्यसैगरी, सदस्यहरूमा लोक कुमारी खनाल, रविन थापा, गिता पौडेल, राम बहादुर रावत, डिल्ली सापकोटा, तय प्रसाद सिम्खडा, धनसरा कुमारी पूलामी, यसोदा खत्री, थमन अधिकारी र पुनम विसी चयन भएका छन्।
नव निर्वाचित कार्यसमितिलाई स्वास्थ्य सेवा तथा श्रमिक हक अधिकारका विषयमा प्रभावकारी भूमिका खेल्न कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुझाव दिएका छन्।
अधिवेशनका अवसरमा विभिन्न वक्ताहरूले स्वास्थ्यकर्मीका पेशागत हित, सेवा प्रवाहको गुणस्तर सुधार र संघीयतापछिको स्वास्थ्य संरचनाका विषयमा आफ्नाे भनाइ राखेका थिए।

ए.के. सञ्चार । ३ फाल्गुन २०८१, शनिबार १९:३५