जुम्ला तीला नदीको पक्की पुल बनेपछि स्थानीय हर्षित

जुम्ला । जुम्लाको तीला गाउँपालिका ३ मा रहेको तीला नदीमा पक्की पुल बनेपछि जुम्लाका स्थानीय हर्षित भएका छन् । तीला नदिमा ५२ मिटरको पक्की पुल निर्माणसम्पन्न भएपछि आवतजावत सहज भएपछि स्थानीयवासी खुसी भएका हुन्।

 

जुम्ला र जाजरकोट जोड्नको मार्गको सो पुलको काम पाँच वर्षअघि सुरु भएको थियो भने हाल आएर निर्माण सम्पन्न भएको हो। पुलको अभावमा तातोपानी ७ र ८ का वासिन्दालाई आवत जावतमा सास्ती भोग्नु परेको थियो ।

 

पुल निर्माण भएपछि कर्णाली राजमार्गदेखि भेरीखोला हुँदै जाजरकोट जान सहज भएको छ ।