कर्णालीमा ३७ हजारले एसईई दिदै

सुर्खेत। यही चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कर्णाली प्रदेशबाट ३७ हजार ९११ विद्यार्थी सहभागी हुने भएका छन् ।

साधारण तर्फ ३ हजार ३ सय ३८, प्राविधिक तर्फ १ सय ६, नियमिततर्फ ३ हजार ४ हजार ४४ र ग्रेड वृद्धि तर्फ २ सय २४ विद्यार्थी परिक्षामा सहभागी शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका सूचना अधिकारी तथा बरिस्ठ शिक्षा अधिकृत लाेकप्रसाद पाैडेलले जानकारी दिए।

प्रदेशका १० जिल्लामध्ये सबैभन्दा धेरै विद्यार्थी सुर्खेतमा छन्। यहाँ ९ हजार ५१३ विद्यार्थी परीक्षा दिनेछन्। सबैभन्दा कम परीक्षार्थी डोल्पामा छन्, जहाँ ७ सय ७७ विद्यार्थीले परीक्षा दिनेछन्।

यस्तै, कर्णाली प्रदेशकाे  दैलेख जिल्लाबाट ६ हजार १९६, जाजरकोट ४ हजार ६६८, सल्यान ४ हजार २६९, कालिकोट ४ हजार ८९, रुकुम पश्चिम ३ हजार ६६८, जुम्ला २ हजार ६८१, हुम्ला १ हजार १ सय ४ र  मुगु ९ सय ४६ परीक्षार्थी रहेकाे छन्।

दश जिल्लामा १८० केन्द्र छन् । जसमा प्रदेशका १० जिल्लामध्ये सबैभन्दा धेरै परीक्षा केन्द्र सुर्खेतमा छन् । यहाँ ३३ वटा परीक केन्द्र रहेकाेमा सबैभन्दा कम डाेल्पामा छन् । जुन ४ वटा मात्रै छन् ।

यस्तै, केन्द्राध्यक्ष १८०, सहायक केन्द्राध्यक्ष २५२, निरीक्षक १ हजार ८ सय ९५, परीक्षा सहायक ३ सय ८०, कार्यालय सहयोगी ७ सय ५८ र सुरक्षाकर्मी २ हजार ७ सय गरी ६ हजार १ सय ६५ जनशक्ति परिचालन गरिने अधिकृत  पाैडेलले बताए ।

उनका अनुसार कर्णालीका जिल्लामा देखिने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सम्बन्धित जिल्लाका प्रजिअ तथा जिल्ला परीक्षा समन्वय समितिका अध्यक्षले सुरक्षाकर्मीको व्यवस्था गर्नेछन्।

कर्णाली प्रदेशका १० वटै जिल्लाहरुमा आवश्यक उत्तरपुस्तिका पुगिसकेकाे अधिकृत पाैडेलले भने,`निर्देशनालयबाट १० जिल्लाका इकाई प्रमुखहरुसँग परीक्षा सञ्चालन र व्यवस्थापन सम्बन्धमा २ दिने अभिमुखिकरण कार्यक्रम पनि गरिसकेका छाैं। यस्तै परीक्षा सञ्चालन र व्यवस्थापन तर्फकाे खर्च रकम पनि सबै जिल्लामा पठाइसकेको पनि छ।`

शिक्षा विकास निर्देशनालयले परीक्षा व्यवस्थापनका लागि बजेट पठाइसकेको छ । जसमा परीक्षा केन्द्रकाे जम्मा खर्च बजेट १ कराेड २४ लाख ९५ हजार ७५०, इकाइका जम्मा खर्च १४ लाख ३४ हजार ७५० र जिल्लामा जाने कूल खर्च रकम १ कराेड ३९ लाख ३० हजार ५ सय विनियोजन गरेकाे छ।