एमालेले स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

  ।   २ असार २०७९, बिहीबार ०८:४८

काठमाडौं । नेकपा एमालेले आज आफ्नो पार्टीबाट उम्मेदवार भई स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ।

राष्ट्रिय सभागृहमा आयोजित प्रशिक्षण कार्यक्रमलाई अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई प्रशिक्षण दिन लागिएको हो। स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई काठमाडौं आउन यसअघि नै एमालेले आग्रह गरेको थियो ।

प्रशिक्षण कार्यक्रम आज र भोलि गरी दुई दिन चल्नेछ । एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेताहरुले प्रशिक्षण दिने तयारी छ।

Next Post

खाँडाचक्रमा बाढीले बगाउँदा एक जनाको ज्यान

२ असार २०७९, बिहीबार ०८:४८
कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिकामा खोला तर्ने क्रममा बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ। बुधवार (हिजो) खोला तर्ने क्रममा बाढीले बगाउँदा खाँडाचक्र नगरपालिका-२ का ४४ वर्षका खड्के विकको ज्यान गएको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद प्याकुरेलले जानकारी दिए । विकलाई खोला तर्ने क्रममा बाढीले बगाएको प्याकुरेलले बताए।