आगलागीबाट अफ्रिकी मुलुक अल्जेरियामा २६ जनाको मृत्यु

अल्जेरिया। आगलागीबाट अफ्रिकी मुलुक अल्जेरियामा २६ जनाको मृत्यु भएको छ भने धेरै मानिसहरु घाइते भएका छन्। ट्युनेसियाको सीमा नजिकै इल तरफमा बुधवार भएको आगलागीबाट २४ जनाको मृत्यु भएको आन्तरिक मामिला मन्त्री कमले बेल्डजोडले जानकारी दिएका छन् ।

विभिन्न स्थानमा आगो लाग्दा त्यहाँ भागदौडसमेत चलेको थियो। कति मानिसहरु घाइते भए भन्नेबारे विस्तृत जानकारी आइनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।सोक अहरस क्षेत्रमा धेरैजसो मानिसहरु जलेका बताइएको छ। त्यहाँका ३५० घरहरु खाली गरिएको छ। त्यहाँ आगो निभाउनका लागि हेलिकप्टर प्रयोग भएका छन्। अगस्टयतामात्र अल्जेरियामा १०६ पटक आगलागी भएको र २५०० हेक्टर बढी क्षेत्र प्रभावित भएको बताइएको छ।