राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा आर्मी, एपीएफ, मधेश र लुम्बिनी विजयी

सुर्खेत । ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबले (घरेलु टोली) कर्णाली प्रदेशलाई पराजित गरेको छ । कर्णाली राजधानी वीरेन्द्रनगरको खुल्ला मञ्चको चौरमा भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० को सेटमा पराजित गर्दै गरेको हो ।

त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको हो । पहिलो सेटमा नेपाल आर्मीले २५–१२ मा हरायो भने दोस्रो सेट २५–७ र तेस्रो सेटमा २५–१२ ले आफ्नो पक्षमा पारेको छ ।

यस्तै, आजै भएको अर्को खेलमा सशस्त्र प्रहरी बल ९एपिएफ० र कोशी प्रदेश पराजित गरेको छ । एपिएफले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एपीएफले पहिलो सेट २५–२१ ले हरायो भने खेलको दोस्रो सेट २५–१६ ले पाखा लगायो । त्यस्तै खेलको तेस्रो तथा अन्तिम सेट एपिएफले २५–१७ ले आफनो पक्षमा पार्यो ।

 

यस्तै, लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको छ । लुम्बिनीले पहिलो सेटमा २५–२० ले हरायो छ । दोस्रो सेटमा २५–१३ र तेस्रो तथा अन्तिम सेटमा लुम्बिनीले २५–११ ले आफ्नो पक्षमा पारेको छ ।

यस्तै, मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३–२ अन्तरमा पराजित गराएको छ । साथै, शनिबार ९भोलि० चार टोलीले प्रतिस्पर्धा गर्नेछ । जसमा नेपाल पुलिस र लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, मधेश प्रदेश, कोशि प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।