राष्ट्रिय परिचयपत्र बनाउन गएका ७० वर्षीय वृद्धको निधन

सल्यान। सल्यानको बागचौर नगरपालिका-७ पयाचौरका ७० वर्षीय टिकाराम वलीको निधन भएको छ।

राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय सल्यान पुगेका वली कार्यालय परिसरमै लडेपछि गम्भीर घाइते भएका थिए।

बिहीबार दिउँसो कार्यालय पुगेका वली बाहिरबाट ढोकामा पुगेर अडिन खोज्दा चक्कर आएर लडेका थिए।

टाउकोमा चोट लागेपछि तत्कालै जिल्ला अस्पताल सल्यान पुर्याइए पनि उपचारका क्रममा उनको निधन भएको जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले जानकारी दिए।

घटना गम्भीर भएपछि जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक रेशम बहादुर खत्रीको कमान्डमा पाँचजनाको टोली घटनास्थल पुगेको थियो।

मृतकका भान्जा मस्तबहादुर भण्डारीको रोहवरमा उनलाई अस्पताल लगिएको थियो।

अहिले मृतकको शव जिल्ला अस्पतालमै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।