सुदूरपश्चिम प्रदेशका भौतिक राज्यमन्त्रीलाई पदबाट हटाइयो

धनगढी ।सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई मन्त्रीबाट हटाइएको छ । चौधरी गत २५ चैत राज्यमन्त्री नियुक्त भएका थिए ।

नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट राज्यमन्त्री बनेका चौधरीलाई पार्टी गतिविधि विपरित काम गरेको भन्दै पार्टीको सिफारिसमा मुख्यमन्त्रीले पदमुक्त गरेको स्रोतको दाबी छ । उनलाई मन्त्री पदबाट हटाउनुको कारण भने खुलाइएको छैन ।