कालीकाेटमा सरुवा राेग अस्पताल संचालनमा

सुर्खेत । कर्णाली प्रदेशकै पहिलाे सरुवा राेग अस्पताल कालीकोटमा संचालनमा ल्याइएको छ । कर्णाली प्रदेशका निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उक्त अस्पतालकाे साेमबार (आज) उद्वघाटन गरेका हुन् ।

कर्णाली प्रदेश सरकारबाट एक कराेड सहयाेगमा अस्पताल स्थापना गरिएको जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिए । उक्त अस्पतालमा अहिले २१ जना जनशक्तिकाे दरबन्दी रहेकाे महतले बताए । वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन एक जना, फार्मेसी सहायक एक जना, गरि अन्य २१ जनाकाे दरबन्दी रहेकाे छ ।
महतका अनुसार सरुवा राेग अस्पताल १५ शैयाकाे रहेकाे बताए । यस्तै अस्पतालमा क्षयरोग परिक्षण, काेभिड परिक्षण लगायतका सरुवा राेगकाे सेवा प्रवाह गरिएको छ ।