कर्णाली प्रदेश सबै जिल्लामा पुर्याइयो मतपत्र

सुर्खेत । ३० वैशाखका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि ७६ वटा जिल्लाका लागि मतपत्र छपाई कार्य सम्पन्न भएको छ। त्यस्तै कर्णाली प्रदेशका १० वटै जिल्लामा मतपत्र पुगेका छन् । आइतबार बिहानसम्म कर्णालीका सबै जिल्ला अनुसार पालिकामा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेको हो ।

कर्णाली प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचन आयोग नेपालबाट पठाएको मतपत्र सहित अन्य ५८ प्रकारका निर्वाचन सम्बन्धित सामाग्री १० जिल्लामा पुगेको छ ।यस्तै, कर्णाली प्रदेशको हिमाली जिल्लामा हुम्ला, मुगु र डोल्पमा भने सुर्खेतबाट हेलिकोप्टरमार्फत र अन्य जिल्लामा गाडीमार्फत मतपत्र ढुवानी गरिएको हो ।

निर्वाचन कार्यालयका अनुसार प्रदेशभरि १० लाख १ हजार २ सय ८२ मतदाता रहेका छन्  । निर्वाचन आयोगका अनुसार आजबाट अन्तिम अर्थात भक्तपुर जिल्लाको मतपत्र छपाई काम सुरु हुनेछ ।