सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेत र कर्णाली प्रदेश समितिले पत्रकार माथिको हिंसात्मक आक्रमणको भत्र्सना गर्दै ध्यानाकर्षण गरिएको छ । महासंघले सोमबार जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट नेपाल सरकारलाइ र कर्णाली प्रदेश सरकारलाई ध्यानकर्षण गराएको हो ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समुहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएको पत्रकार महासंघको ठहर छ । उक्त दिन भिडियो खिच्ने क्रममा आन्दोलनकारीले घरमा लगाएको आगलागीमा पनी पत्रकार सुरेश रजकको जलेर ज्यान गएको थियो ।

यस्तै, अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइँतल्लामा आगो लगाउनुको साथै ढुंगामुढा गरी क्षति, कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा गरी क्षति, हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड, पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको र फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको थियो ।
हिंसात्मक प्रदर्शनबाट घटेका घटनाप्रति नेपाल पत्रकार महासंघ गम्भीर भएको बताउँदै प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारसमक्ष ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पु¥याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रवन्ध मिलाउन महासंघ जोडदार माग गरेको छ ।
साथै, विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउन पनि महासंघले माग गरेको छ।

ए.के. सञ्चार । १७ चैत्र २०८१, सोमबार १५:४२