सर्वोच्च अदालतका न्यायाधीश आज पनि इजलासमा नबस्ने

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरू आज पनि इजलासमा नबस्ने भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएका न्यायाधीशहरूले निरन्तर इजलास बहिस्कार गर्दै आएका हुन् ।

मन्त्रिपरिषद्, संवैधानिक परिषद्लगायतमा भाग मागेको, सर्वोच्चबाट गरेका फैसला देखाएर ‘बार्गेनिङ’ गरेको तथा गोलाप्रथाबाट पेसी तोक्छु भनेर पछि हटेकोलगायत गतिविधिबाट प्रधानन्यायाधीशमा न्यायिक विचलन देखिएको भन्दै प्रधानन्यायाधीशको आलोचना भइरहेको छ ।