
सुर्खेत। सरकारले सुर्खेतस्थित भेरी पम्पिङ्ग खानेपानी आयोजनाको निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित १ अर्ब ३२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त आयोजना सँगै देशभर जलवायु अनुकूलित खानेपानी योजनाअन्तर्गत १८४ आयोजना निर्माणका लागि ३ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरिएको हो।

सरकारले लिफ्ट प्रविधिबाट खानेपानी सेवा उपलब्ध गराउँदा लाग्ने विद्युत महसुलमा ५० प्रतिशत छुट दिने नीति लिएको पनि मन्त्री पौडेलले बताए। यसले भेरी पम्पिङ्ग आयोजना जस्ता सोलार वा पम्पिङ् प्रविधिमा आधारित आयोजनालाई थप व्यवहारिक र सस्तो बनाउने अपेक्षा गरिएको छ।
त्यस्तै, प्रमुख शहरहरूमा ढल निकास तथा प्रशोधन प्रणाली निर्माण गर्न १ अर्ब ९ करोड रुपैयाँ छुट्याइएको छ।
