सुर्खेत । कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले संसद् अवरुद्ध गरेको छ ।
साेमबार आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा योजना छनोट प्रक्रियामा गलत काम भइरहेको भन्दै माओवादीले बैठक अवरुद्ध गरेको हो ।
पार्टीका सांसद विन्दमान विष्टले योजना बैँकमा परियोजना इन्ट्री गर्ने प्रक्रिया नै अपारदर्शी भएको आरोप लगाउँदै सरकारसँग चित्तबुझ्दो जवाफ माग गरेका छन् ।

विधि विपरीत काम भएको छ, सरकारबाट स्पष्ट उत्तर नआएसम्म सदन सञ्चालन हुन सक्दैन उनले भने,`याेजना बैंकमा याेजनाहरु इन्ट्री गर्ने बिधि के हाे ? के आधारमा इन्ट्री गरिएको हाे ? प्रदेश सरकारलाई प्रश्न गर्न चाहान्छु । प्रदेश सरकारलाई प्रश्न गर्न चाहान्छु याेजना बैंकमा याेजना इन्ट्री गर्ने आधार के हाे? चित्तबुझ्दो जवाफ हामीलाई चाहिन्छ।`
सदनमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सभामुख नन्दा गुरुङले बैठक आधा घण्टाका लागि स्थगित गरेकी छन्।
