सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको समृद्धि र विकासलाई देशको आर्थिक सुधारको आधार बनाउन सकिने बताए ।
बुधबार वीरेन्द्रनगरमा नेपाल सरकार लगानी बोर्ड र कर्णाली प्रदेश सरकारको सहकार्यमा आयोजना गरिएको दुईदिने सार्वजनिक-निजी साझेदारी सम्बन्धी प्रादेशिक छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले संविधानले परिकल्पना गरेर जनताले अपेक्षा गरेको विकासमा अझै धेरै चुनौती रहेको बताएका हुन् ।
उनले सामूहिक प्रयास र न्यूनतम पूर्वाधारको आवश्यकता रहेको जानकारी दिए । “कर्णालीमा स्रोत र साधन जोड्न सकेमा निजी क्षेत्र आफैं लगानीका लागि आकर्षित हुनेछ,” उनले भने कर्णालीका हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन र न्यूनतम पूर्वाधार विकासले निजी क्षेत्रलाई आकर्षण गर्न सक्न सकिन्छ ।`
उनले फोक्सुण्डो, रारा र मानसरोवर क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न विशेष पहल आवश्यक रहेको बताए।
कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालका १६ औं पञ्चवर्षीय योजना अन्तर्गत ११२ खर्ब बराबरको लगानीको सम्भावना रहेको जानकारी दिए । तर, वार्षिक २० खर्ब लगानीको आवश्यकता रहे पनि सरकारको पुँजीगत खर्च न्यून रहेको उनले औंल्याए।
यस्तै, आर्थिक मामिला तथा कानुन मन्त्री राजीव बिक्रम शाहले सार्वजनिक-निजी साझेदारी (पिपिपी) मोडलले रोजगारी सिर्जना र गुणस्तरीय सेवा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए। स्थानीय जनशक्तिको उपयोग गरी शिक्षा, स्वास्थ्य र यातायात क्षेत्रमा सुधार ल्याउन पिपिपी मोडल प्रभावकारी हुनेछ उनले भने,` कर्णाली प्रदेशलाई अझै पनि धेरैले सबैभन्दा पछाडि परेको क्षेत्रका रूपमा हेर्ने गरेका छन् । तर , त्यस्तो छैन् । `
दुईदिने कार्यक्रम अन्तर्गत कर्णालीको विकास र समृद्धिका लागि लगानीमैत्री कानून निर्माण, स्रोत र साधन व्यवस्थापन तथा निजी क्षेत्रको आकर्षणमा केन्द्रित छलफल भइरहेको छ । कार्यक्रम भोलि बिहीबार समापन हुनेछ।
ए.के. सञ्चार । १० पुष २०८१, बुधबार २२:०८