पछिल्लो २४ घण्टामा २ हजार १ सय ६९ जनामा कोरोना पुष्टि, थप २२ जनाको ज्यान गयो

काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार १ सय ६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै २४ घण्टामा १ हजार ४ सय ३२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ६ लाख १८ हजार तीन सय ६१ जना पुगेको छ ।

यस्तै थप २२ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । यो सहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ३ सय ६२ जना पुगेको छ ।

अहिले नेपालमा २६ हजार चार सय ८९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।