सुर्खेत। जेबी डान्स स्टुडियो एन्ड फिटनेस सेन्टरको आयोजनामा सञ्चालन भइरहेको ‘सुर्खेत तीज डान्स आइकन–२०२६’मा अनलाइन भोटिङ खुल्यो खुल्ला गरिएको छ ।

३०० बढीले अडिसन दिएका मध्ये ७६ जना सेमिफाइनलका लागि छनौट भएका थिए। भदौ १३ गते भएको सेमिफाइनलबाट फाइनलका लागि २५ जना प्रतिस्पर्धीहरु छनौट भएका छन्।
प्रतियोगितामा सहभागी आफूलाई मनपर्ने प्रतियोगीलाई दर्शक तथा शुभेच्छुकले ई–सेवामार्फत भोटिङ गर्न सकिने जेबी डान्स स्टुडियो एन्ड फिटनेस सेन्टरका निर्देशक जेनिट विष्टले जानकारी दिए।
निर्देशक विष्टका अनुसार अनलाइन मतदान गर्न ई–सेवा एप खोली ‘भोटिङ एन्ड इभेन्ट्स’मा जानुपर्नेछ। त्यसपछि ‘सुर्खेत तीज डान्स आइकन–२०२६’ छनोट गरी आफूलाई मनपर्ने प्रतियोगी चयन गरेर मतदान गर्न सकिनेछ।
त्यस्तै, आयोजकले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरेर पनि सिधै मतदान पृष्ठमा पुग्न सकिनेछ ।
तीज पर्वको अवसरमा आयोजना गरिएको प्रतियोगिताले नेपाली मौलिक कला, संस्कृति र नृत्य प्रतिभाको प्रवर्द्धन तथा प्रतिभाशाली कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको आयोजकको भनाइ छ।
आयोजकले प्रतियोगितामा सहभागी प्रतिभालाई मतदान गरी हौसला प्रदान गर्न दर्शक तथा शुभेच्छुकलाई आग्रह गरेको छ।
‘संस्कृति जोगाऔँ, प्रतिभा चम्काऔँ’ भन्ने नारासहित सञ्चालन भइरहेको प्रतियोगितामा आफ्नो मनपर्ने प्रतियोगीलाई मतदान गर्न आयोजकले अपिल गरेको छ।









