थप १ हजार ८ सय ७५ जना कोरोना संक्रमित, २ हजार १ सय ६४ जना संक्रमणमुक्त

काठमाण्डौ । पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ७ लाख १४ हजार दुई सय ४८ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार १ सय ६४ जना निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ३० हजार ४ सय ७ पुगेको छ ।

थप २१ जना सहित नेपालमा ९ हजार ५ सय २७ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् । अहिले नेपालमा २५ हजार ९ सय ५२ जना सक्रिय सङ्क्रमित छन् ।