२४ घण्टामा देशभर २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि, निको हुनेको संख्या बढ्यो

काठमाडौं । बितेको २४ घण्टामा देशभर २ हजार ५२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसैगरी सोही अवधिमा ३ हजार ३० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयको तथ्यांकमा कोरोना संक्रमित भन्दा निको हुने बढी देखिएको हो । बितेको २४ घण्टामा १४ हजार ९३५ जनामा कोरोना परीक्षण भएको थियो ।

यस्तै बितेको २४ घण्टामा २० जनाले ज्यान गुमाएको समेत मन्त्रालयले जनाएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७७० जना पुगेको छ ।