मन्त्रिपरिषद् विस्तार २२ गतेपछि मात्रै हुने

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारका २२ गतेपछि मात्रै हुने भएको छ । राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेशको व्यवस्था अनुसार नेकपा एमाले र जनता समाजवादी पार्टीका निर्वाचित प्रतिनिधिहरूले दल रोज्न पाउँछन् ।

एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी र जनता समाजवादीबाट लोकतान्त्रिक समाजवादी पार्टी गठन भएका छन् । अहिले प्रदेश र स्थानीय तहमा पनि निर्वाचित प्रतिनिधिले दल रोज्ने क्रम जारी छ । प्रदेश १ र बागमती प्रदेशमा पनि गठबन्धन सरकार बन्ने भएका छन् ।

सत्तारुढ दलका एक नेताले निर्वाचन आयोगले नयाँ पार्टीमा प्रवेश गर्नेहरुको सनाखतका लागि तीन साताको अवधि तोकिदिएकाले पनि मन्त्रिपरिषद् विस्तार २२ गतेसम्म नहुने बताए ।