समाज परिवर्तनकाे बाटाे अध्यात्म रहेको : महात्मा चमेली बाईजी

सुर्खेत । समाज परिवर्तनको मुख्य बाटो अध्यात्म रहेको एक दिवसमा बताइएकाे छ ।

विश्वशान्ती दिवस तथा मानव धर्मका प्रणेता श्री सतपाल जी महाराजको जन्मोत्सव विभिन्न कार्यक्रम गरेर मनाईएकाे छ ।

उक्त दिवसमा नेपाल मानव धर्म सेवा समितिका सबै शाखा आश्रमहरुमा मंगलबार आध्यात्मिक सत्संग तथा सांस्कृतिक कार्यक्रम र रक्तदान गरेर जन्माेत्सव मनाईएकाे हाे ।

समितीले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ४ सय ३ पिन्ट रगत संकलन भएको छ ।

उक्त दिवसमा केन्द्रीय कार्यालय काठमाडौैमा १ सय ५, इटहरीमा ८५, बुटवलमा ८०, विरगञ्ज ५०, सुर्खेत ५१ र पोखरा ३५ पिन्ट रगत संकलन भएको समितीले जनाएको छ ।

कार्यक्रममा मानव धर्म सेवा समितिकि प्रमुख महात्मा चमेली बाइजीले अहिलेका युवाहरु विकृतीमा फसिरहेको बताइन् । अध्यात्मको बाटोमा ल्याउनका लागि अभिभावकले नै पहल लिनुपर्ने जानकारी दिइन् ।

सोही अवसरमा भर्चुअल ग्लोबल क्वीज प्रतियोगितामा विजेताहरुलाई पुरस्कार वितरण गरिनुका साथै सास्कृतिक तथा भक्ती संगीतका कार्यक्रम आयोजना भएको थिए ।
जन्मोत्सवका अवसरमा भ्वाईस अफ नेपालका फाइनालिष्ट आर्यन तामाङलाई सम्मान समेत गरिएको थियो ।