काठमाडौँ । कानुन व्यवसायीको जुलुसमा झडप हुँदा केही व्यवसायी पक्राउ परेका छन् । आन्दोलनरत पक्ष र विपक्षका कानुन व्यवसायीहरुबीच केहीबेर धकेलाधकेल भएपछि झडप भएको हो ।
सुरक्षाकर्मीले आन्दोलनकारीलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाएको छ । बारको टोली सर्वोच्च अदालत जाने कार्यक्रम रहे पनि गेट बन्द गरिएको छ । स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।
आन्दोलनको अगुवाइ गर्दै आएको नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले प्रदर्शनमा सहभागीहरुलाई संयमित हुन आह्वान गर्दै आएका छन् । उनीहरुले प्रधानन्यायाधीश राजीनामा दे भन्दै नारा लगाएका छन् ।
ए.के. सञ्चार । २६ कार्तिक २०७८, शुक्रबार १३:१७