घट्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा पाँच सय र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार तीन सय र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार आठ सय रुपैयाँ छ ।

गत साताको शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार आठ सय र तेजाबी सुनको मूल्य ९६ हजार तीन सय रुपैयाँ थियो ।आज चाँदीको मूल्य पनि घटेको छ । महासंघले आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको जनाएको छ । आज चाँदी प्रतितोला एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार एक हजार २२० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।