
सुर्खेत । प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिकाको प्रमुख र उपप्रमुख पदका लागि गठवन्धन दल कांग्रेस–माओवादी र नेकपा एमाले बीच कडा प्रतिपर्धा देखिएको छ । जारी स्थानिय तह निर्वाचनको मतगणना अनुसार वीरेन्द्रनगर नगरपालिकाका जम्मा १६ वडा मध्ये ९ वडाको मतगणना सकिएको छ ।
कुल खसेको करिव ४८ हजार एक सय ९६ मतमा २२ हजार १ सय ८४ गणना हुँदा उपमेयरमा नेकपा (एमाले) का उम्मेदवार निलकण्ठ खनाल ११ हजार ६ सय ६१ हजार मत प्राप्त गरी गठवन्धनका उम्मेदवार माओवादीकी शान्ति ढकाल भन्दा पाच हजार ५६ मतले अग्रता कायम गरेका छन् । ढकालले ६ हजार चार सय ९३ मत प्राप्त गरी खनाललाई पछ्याइ रहेकी छिन ।

यस्तै मतदान अघि वैकल्पिक शक्ति हुनसक्ने आंकलन गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने चर्चा भए अनुरुप मत प्राप्त गर्न सकिरहेको छैन । राप्रपाबाट उपमेयर बनेकी लक्ष्मीकुमारी सार्कीले एक हजार चार सय ३४ मत प्राप्त गर्दा स्वतन्त्रका उम्मेदवार अनिल ढकालले चार सय ५७ मत प्राप्त गरेका छन् ।
यस्तै, नेकपा (एकिकृत समाजवादी) का वीरबहादुर रावतले चार सय ३१ मत प्राप्त गर्दा नेपाल मजदुर किसान पार्टीकी विजुकला रानाले एक सय ७ मत पाएकी छन् । यस्तै राष्ट्रिय जनमोर्चाकी कृष्णाकुमारी रावत ४५, जनता समाजवादीकी सन्तोषी विश्वकर्मा ३६, नेपाल कम्युनिष्ट पार्टीकी (समाजवादी) की डिलमाया आलेमगर २०, स्वतन्त्र उम्मेदवार भोजप्रसाद चपाई १५, नेपाल दलित पार्टीकी भुमिसरा विक १४, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी ७ र राष्ट्रिय नागरिक पार्टीबाट पवित्राकुमारी शर्माले २ मत प्राप्त गरेकी छन् ।
