पुष २७ गते कर्णालीमा सरकार गठन गर्न आह्वान

सुर्खेत । कर्णाली प्रदेश सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख तिलक परियारले ७ दिनभित्र सरकार गठन गर्न आह्वान गरेका हुन्। बिहीबार प्रदेश प्रमुख कार्यलयले प्रेस विज्ञप्ति जारी गर्दै पुष २७ गते अपरान्ह ५ बजेसम्म मुख्यमन्त्री नियुक्तीका लागि आह्वान गरेको हो।

संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम सरकार गठनका लागि आह्वान गरिएको छ। कुनै दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा सो भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन गर्न समेत विज्ञप्तिमा भनिएको छ ।

कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कसले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा केन्द्रको निर्णय कुरीरहेका छन्। कर्णाली प्रदेशमा ४० जना सांसहरुमा कांग्रेसका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, एकीकृत समाजवादीको १र१ र एक जना स्वतन्त्र सांसद रहेका छन्। सरकार गठनका लागि २१ सिट आवाश्यक पर्दछ।