हरितालिका तीजलाई महिलाको स्वतन्त्रताको पर्वका रुपमा मनाउन मुख्यमन्त्री शाहीको आग्रह

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हरितालिका तीजलाई महिलाको स्वतन्त्रताको पर्वका रुपमा मनाउन आग्रह गरेका छन् ।

बिहीबार ‘हरितालिका तीर्व–२०७८’ को शुभकामना सन्देश दिँदै मुख्यमन्त्री शाहीले तीजलाई परम्परागत अन्धविश्वासका आधारमा नभई दिदीबहिनको भेटघाट र सुख, दुख साट्ने पाविारिक मिलन र समाजिक सद्भावको रुपमा तीज पर्व मनाउन आग्रह गरेका हुन् ।

तीज पर्वका नाममा हुने आर्थिक , सामाजिक र सांस्कृतिक विकृतिहरुप्रति सचेत रहँदै महिलाको हक अधिकार, समानता, सहअस्तित्वको आवाज उठाउने तथा जागरुक बनाउने अवसरका रुपमा तीजलाई उपयोग गर्न आवाश्यक रहेको बताए ।

साथै शाहीले बहुजातिय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले नै हाम्रो समाजलाई पारस्पारिक सम्मान, सद्भाव र एकतासहित अघि बढ्न प्रेरित गरिरहेको पनि बताए ।

‘विविधतायुक्त विशेषताले भरिएको हाम्रो समाजमा तीज पर्वले सामाजिक सद्भाव, एकता, भातृत्व र भगिनित्व विकासमा महत्वपुर्ण भुमिका खेल्छ,’ उनले भने ,‘ कोरोना भाइरस ९कोभिड–१९०को अबस्था कायम रहेकाले घरमै बसेर खुशीका साथ तीज पर्व मनाउन सम्पुर्ण दिदिबहिनीहरुमा हार्दिक अनुरोध गर्दछ ।’

मुख्यमन्त्री शाहीले ‘हरितालिका तीज –२०७८’ ले सबैलाई एकताबद्ध, आफ्ना हक अधिकारप्रति सचेत र कर्तव्यप्रति जागरुक बनाउन प्रेरणा प्रदान गर्न शुभकामना समेत व्यक्त गरेका छन् ।