उच्चपहाडी र हिमाली क्षेत्रमा हिमपात, किसान हर्षित

सुर्खेत । पश्चिमी वायुका प्रभावका कारण हिजोदेखि देशभर वर्षा भइरहेको छ । मुख्यगरी हिजो दिउँसोदेखि नै सुदूरपश्चिम र कर्णालीमा वर्षा भइरहेको छ भने उच्चपहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

दैलेख, कालिकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पामा हिजो राति देखि नै हिमपात पर्न सुरु भएको हो । हिमपातले जनजीवन कष्टकर बनाए पनि उच्च हिमाली क्षेत्रका किसान भने हर्षित भएको हुम्लाका कमल शाहीले बताए ।

हिमपातले जाडो बढायो तर यहाँको कृषि जन्य उत्पादन बढ्ने शाहीले बताए ।