सिमकोटलाई नगरपालिका बनाउन माग

हुम्ला । सिमकोट गाउँपालिकाले हिउँदे गाउँसभाबाट नगरपालिका बनाउन माग गरेको छ । आवश्यक सबै मापदण्ड पूरा भएको भन्दै सभामार्फत नगरपालिका बनाउने सिफारिस भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए । जिल्लामा अहिलेसम्म एउटा पनि नगरपालिका नभएको रोकायाले बताए ।

त्यस्तै बहुप्राविधिक शिक्षालय स्थापनाका लागि संघीय सरकारसँग माग गर्ने निर्णय गरिएको उनले जानकारी दिए । सभामा चालु आर्थिक वर्षमा भएका हालसम्मको प्रगतिको समीक्षासमेत गरिएको थियो । ४३ सदस्यीय गाउँसभामा ३८ जना सदस्यको उपस्थिति थियो भने ५ जना अनुपस्थित थिए ।