जाजरकोटबाट पेस्तोल र ग्रिनेटसहित एक जना पक्राउ   

जाजरकोट ।  कर्तव्य ज्यान मुद्दामा वारदात पछि फरार रहेका नलगाड नगरपालिका–५ ऐरारी बस्ने ३९ वर्षीय ईन्द्र बहादुर शाहीलाई विभिन्न हातहतियारसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई एक थान ग्रिनेट, एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने पाँच राउण्ड गोली सहित बुधबार पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा २०७३ चैत १५ गतेदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।